मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति
  • मार्गरेखा संवाददाता

  • काठमाडौ     फागुन ५ ।   विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंलाई थप चारदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    निर्वाचनका बेला भ्रम फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको प्रशासनले जनाएको छ ।

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार बेलुकी भक्तपुरको थिमिबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा ल्याएको थियो ।

    यसअघि पनि प्रसाईं अफवाह फैलाएको कसुरमा पक्राउ परेका थिए । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।

  • ५ फाल्गुन २०८२, मंगलवार १६:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित