मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगन्जको अर्थतन्त्र उकास्न सडक मार्ग विस्तारलाई आफूले प्राथमिकतामा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज। फागुन १०। नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगन्जको अर्थतन्त्र उकास्न सडक मार्ग विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको छ। आज नेपालगन्जको वडा नं ९ श्रद्धानगरमा आयोजित कोण सभामा राईले सडक कनेक्टिभिटीले यहाँको अर्थतन्त्र सुदृढ पार्न सघाउने भनाइ राख्नुभयो।

    नेपालगन्ज प्रादेशिक राजधानी नभइसकेपछि यहाँको अर्थतन्त्र सुक्दै गएको छ। अर्थतन्त्र चलायमान बनाउन हामीले सडक र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने हुन्छ।’, राईले भन्नुभयो, ‘बाँके जिल्ला छोएर पूर्वपश्चिम यात्रा गर्दा नेपालगन्ज हुँदै जाने सडकमार्ग निर्माण गर्ने मेरो योजना छ। तपाईंहरूले निर्वाचित गर्नुभयो भने म कञ्चनपुर हुँदै दाङ जोडिने छुट्टै नियमित मार्ग बनाउन म पहल गर्छु। ’

    आफूले विगतमा यो क्षेत्रका लागि धेरै काम पनि गरेको तथा पूर्वाधार र नीतिगत विकासका लागि स्पष्ट अजेन्डाका साथ प्रस्तुत भएकाले आफूप्रति मतदाताहरूको समर्थन बढिरहेको राईले दाबी गर्नुभयो। वहाँले भेरी अस्पताललाई विशिष्टिकृत सेवा दिन सक्षम बनाउने, सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्ने, किसानहरूलाई समयमै मल तथा वीउ उपलब्ध गराउने लगायत भौतिक र नीतिगत पहलकदमी लिने जानकारी दिनुभयो।

    नवपुस्ता र पुरानो पुस्ताबीच षड्यन्त्रपूर्वक द्वन्द्व बढाउन भइरहेको प्रयासलाई सफल हुन नदिने र पारस्परिकता बढाउन भूमिका निर्वाह गर्ने पनि राईले बताउनुभएको थियो।

     

    राईले आजै वडा नं ९ को नयाँ बस्ती, गुड्डुटोल, वडा नं २० को माईगाउँ, इदगाटोल र नयाँबस्तीमा पुगेर मतदाताहरूसमक्ष आफ्ना चुनावी अजेन्डाहरू राख्नुभएको थियो।

  • १० फाल्गुन २०८२, आईतवार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित