मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा रहेका बाल्मिकी समुदायले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई सहयोग गर्ने प्रतिवद्धता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, फागुन १० । नेपालगन्जमा रहेका बाल्मिकी समुदायले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा बाल्मिकी समुदायको उल्लेख्य मात्रामा बसोबास रहेको छ ।
    बाल्मिकी समुदाय नेपालगन्जको अगुवाईमा आइतबार(आज) भएको भेटघाटका क्रममा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालासँग सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सो क्रममा बाल्मिकी समुदायका अगुवा जगदिश बाल्मिकीले नेपाली कांग्रेसले सक्षम र भरोसा योग्य उम्मेदवारको रुपमा कोइरालालाई उठाएकाले समुदायस्तरबाटै सहयोग गर्ने निस्कर्षमा पुगेको बताए ।
    भेटघाटका क्रममा उम्मेदवार कोइरालाले आफुले बाल्मिकी समुदायको उत्थानका लागि काम गर्ने दृढता ब्यक्त गरे । नेपाली कांग्रेसले सबै जाती, धर्म, समुदाय र क्षेत्रको विकासमा विगतदेखी काम गर्दै आएको र आफु निर्वाचित भएपछि पनि विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । भेटघाट कार्यक्रममा उम्मेदवार कोइरालासँगै नेपाली कांग्रेस बाँकेका पुर्वउपसभापति सुनिल नरसिंह राणा, पार्टीका क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेपाली कांग्रेस नेपालगन्ज–२ का
  • १० फाल्गुन २०८२, आईतवार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित