मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा प्रलोपा र जसपाबीच सहमति, क्षेत्र नं.१ मा कृष्णालाई जसपाको साथ, २ मा कमरुद्दिनलाई प्रलोपले सघाउने सहमति
  • मार्गरेखा संवाददाता

  • बाँके फागुन १० गते । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र २ मा प्रलोपा र जसपाबीच एकताको औपचारिक सहमति भएको हो ।

    आइतबार सम्पन्न संयुक्त बैठकपछि दुवै दलका जिल्ला नेतृत्वले जारी गरेको सहमति–पत्रमा देशमा देखिएको राजनीतिक ध्रुवीकरण, ‘जेन्जी’ विद्रोहपछिको विकसित परिस्थिति तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ। संसदीय अभ्यासलाई सुदृढ बनाउँदै बाँकको विशिष्ट राजनीतिक अवस्था र मतदाताको अपेक्षालाई ध्यानमा राखी चुनावी सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ।

    क्षेत्र नम्बर १ मा कृष्णालाई जसपा नेपालले समर्थन गर्ने

    सहमति अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपा का आधिकारिक उम्मेदवार कृष्णा केसीको चुनाव चिन्ह ‘आँखा’ लाई जसपा नेपालले औपचारिक समर्थन गर्नेछ। उक्त क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा संगठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुने जनाइएको छ।

  • १० फाल्गुन २०८२, आईतवार १९:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित