मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकाँ सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, ११ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा पर्सि फागुन १४ गते नेपालगञ्ज आउदै हुनुहुन्छ । सोही दिन सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

    बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित होटल पौवा नजिकैको पूर्वतर्पmको खाली जग्गामा आमसभा आयोजना गरिएको छ । वृहत आमसभाको संयोजन नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ ।

    वृहत आमसभामा जनसमुदायलाई सहभागि हुन नेपाली काँग्रेस, बाँकेले आव्हान समेत गरेको छ । आमसभामा सभापति थापासहित केन्द्रीय तहका नेताहरु, बाँके जिल्लाको तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारलगायत पार्टीका अन्य जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।

  • ११ फाल्गुन २०८२, सोमबार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित