मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नारायण गौडेल नरैनापुरमा
  • मार्गरेखा संवाददाता

  • नरैनापुर फागुन १२।नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आजदेखि नरैनापुर गाउँपालिकामा घरदैलो सुरु गरेका छन् । राप्तीसोनारी गाउँपालिकाको घरदैलो सकिए लगत्तै गौडेल आजदेखि नरैनापुरको घरदैलोमा निस्किएका हुन् । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा सुईया, विर्ता, मझेरेटी, कटकुइया, बनियागाउँ र मतनिया लगायतका वस्तीमा घरदैलो गरिने प्रचार-प्रसार समितिका संयोजक जयश्वर पौडेलले बताए ।पूर्वाधारका हिसावले क्रमशः बघौडा क्षेत्रमा विकास हुँदै गएपनि शिक्षा र स्वास्थ्यमा भने पछाडि छ । घरदैलोका क्रममा अधिकांश मतदाताहरुले पनि शिक्षा र स्वास्थ्यको विषय उठान गर्ने गरेका छन् । यसअघि भोट दिएर मन्त्री र सांसद बनाएका नेताहरुले नरैनापुर क्षेत्रको विकास नगरेको काँग्रेस वडा सभापति नियाज अहमदले बताए । भोट दिएर जिताउने तर जितेर गएपछि फर्कि नआउने गरेका कारण यो पटक नरैनापुरबासीले त्यस्ता नेताहरुलाई मत नदिने निष्कर्षमा पुगेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेल नरैनापुरबासीको सुख दुःखमा सधैं साथमा रहने भएकाले यो पटक गौडेललाई जिताउनुपर्ने मत बढ्दै गएको छ । नरैनापुरका स्थानीयले गौडेललाई आफ्नै स्थानीय जस्तै मान्ने गरेको काँग्रेस लुम्विनी प्रदेश सदस्य समेत रहेका स्थानीय नेता ईसाक जोलाहले बताए । इमान्दार, सादगी र भुँइमान्छेको पहिचान बनाएका गौडेल स्थानीय तहमा भिजेका नेता हुन् । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, क्षेत्रिय सभापति पोषण केसी, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, चन्द्र बहादुर ओलि,पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

  • १२ फाल्गुन २०८२, मंगलवार ११:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित