नेपालगञ्ज, शनिबार ७ । मानव सेवाको पवित्र भावनालाई आत्मसात् गर्दै समाजमा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले ६८औँ रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गोपाल नीना फाउन्डेशन नेपाल तथा जनमत अर्द साप्ताहिक को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा ५० जनाले रक्तदान गरेका छन्, जसमा ४५ जना पुरुष र ५ जना महिला रहेका छन्।
रक्तदान जस्तो पुनीत कार्यमार्फत मानव जीवन बचाउने महान अभियानमा सहयोग पुर्याउन सहभागी सबै महानुभावप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन सम्पूर्णमा अनुरोध गरिएको छ।









