मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सशस्त्र प्रहरी मोरङले  ९२२ केजी गाँजा बरामद
  • मार्गरेखा संवाददाता

  • २८ जेठ, विराटनगर । सशस्त्र प्रहरीले मोरङले  बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेकाे हाे ।

    लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थियो । सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए ।

    पिकअप गाडीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको छ ।

  • २८ जेष्ठ २०८३, बिहीबार ०९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित