काठमाडौ साउन ८ । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन् ।
शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए ।
नेताहरूलाई भेट्न काठमाडौंको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयरलगायतको टोली चुनदेवी पुगेको थियो ।









