काठमाडौ साउन १९ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनमाथि गरेको हप्कीदप्कीको विषयमा प्रधानमन्त्री बालेन शाहको सचिवालयले सचेत गराएको छ ।
उनलाई मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर सचिवालयका केही सदस्यहरूले ‘सचेत’ गराएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री सचिवालय निकट स्रोतका अनुसार, सो क्रममा सांसद पाण्डेलाई सचिवालयका सदस्यहरूले प्रधानमन्त्रीले समेत यो विषयमा सरोकार राखेको जानकारी गराएका थिए ।
तपाईंले हिजो सेनाप्रति जे गर्नुभयो, त्यो गल्ती भयो, प्रधानमन्त्रीज्यूले पनि यसबारे चासो राख्नुभएको थियो,’ सांसद पाण्डेलाई सचेत गराइएकोबारे जानकार स्रोतले जनाएकाे छ । साभार – अनलाइन खबरबाट









