मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एक हप्ता मै राेल्पामा पहिराेले मृत्यु हुने १७ जना पुगे
  • मार्गरेखा संवाददाता

  •  राेल्पा साउन ३१ । अबिर वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु संगै राेल्पामा पहिराेले १७ जनाकाे ज्यान लिएकाे छ ।

    रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

    शनिबार राति पहिरोमा परेर थप एक जनाको मृत्यु भएसँगै बुधबार यता पहिरोमा परी रोल्पामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ ।

    त्यस्तै बिहीबार सुनछहरी गाउँपालिका-२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो ।

    रोल्पाको पूर्वी क्षेत्रमा पाँच दिनको अवधिमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै १ जना बेपत्ता छन्

  • ३१ श्रावण २०८३, आईतवार ०९:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित