मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारी वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित, असोज १३ भित्र सक्न निर्देशन
  • मार्गरेखा संवाददाता

  • काठमाडौं असाेज ८  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भारी वर्षाका कारण प्रभावित हुने भएपछि निर्वाचन कार्यक्रमलाई मौसमअनुकूल बनाउन निर्देशन दिइएको छ।
    कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन हुँदैछ। महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्।
    कांग्रेसका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ। तर देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको पार्टीले जनाएको छ।
    असोज ८ गते जारी प्रेस विज्ञप्तिमा मौसम विभागलगायत विभिन्न निकायले केही दिन अझै वर्षा कायम रहने भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको विषयलाई समेत ध्यानमा राखिएको उल्लेख छ।
    असोज १० गतेका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा सम्पन्न गर्न निर्देशन दिइएको छ। मौसम प्रतिकूल भएका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
    निर्देशन कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्ति मार्फत  जनाएकाे छ ।

  • ८ आश्विन २०८३, बिहीबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित