काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ । काठमाडौंमा जारी १५औं महाधिवेशनको बन्द सत्रले कार्यसमितिको आकार बढाउँदै १६४ बाट २९७ सदस्यीय पुर्याउने निर्णय गरेको हो ।
नयाँ कार्यसमितिमा सभापतिपछि एक वरिष्ठ उपसभापति रहनेछन् । यसबाहेक थप ४ उपसभापति हुनेछन् । ४ उपसभापतिमध्ये १ महिला, १ समावेशी र २ खुला हुनेछन् । यस्तै सहमहामन्त्रीको संख्या १५ पुर्याइएको छ । त्यसमध्ये ११ निर्वचित र ४ मनोनित हुनेछन् । निर्वाचितमध्ये ८ वटा क्लस्टरबाट, १ अल्पसंख्यक, २ खुलाबाट हुनेछन् ।
सबै क्लस्टरबाट सदस्यको संख्या पनि बढाइएको छ ।









