काठमाडौ असाेज २० नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार थापाले सभापतिमा उम्मेदवारी दिएका हुन्। यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए।
त्यस्तै, २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। त्यसअघि १३औं महाधिवेशनमा महामन्त्रीमै पराजित भएका थिए।









