मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेश सभापतिमा रोज राणा निर्विरोध अन्य पदाधिकारी काे काे निर्बाचित भए
  • मार्गरेखा संवाददाता

  • दाङ मंसिर ८ ।  नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा प्युठानका सरोज थापा (रोज राणा) निर्विरोध निर्वाचित भएका छन्।

    निर्वाचन समितिद्वारा जारी विज्ञप्तिअनुसार सोमबार दाङको भालुबाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

    गत प्रदेशसभाको निर्वाचनमा उनी प्युठान (ख) बाट निर्वाचित सांसद हुन्। उनी दुईपटक लुम्बिनी प्रदेशको मन्त्रीसमेत बनिसकेका छन्।

    यस्तै अधिवेशनले तीन उपसभाति र तीन महामन्त्री पनि सर्वसम्मत चयन गरेको छ।

    देउवा कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा पाल्पाका माधवप्रसाद नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुनलाई उपसभापतिमा निर्वाचित गरेको छ।

    त्यस्तै महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डीसी र बर्दियाका गोविन्दप्रसाद थारू सर्वसम्मत चयन भएको जनाइएको छ।

    अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३ हजारभन्दा बढी प्रतिनिधि छन्। अन्य सदस्य पनि सर्वसम्मत बनाउने प्रयास जारी रहेको बताइएको छ।

  • ८ मंसिर २०८३, मंगलवार ११:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित