मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ
  • मार्गरेखा संवाददाता

  • बाँके काेहलपुर साउन  कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरे । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ एक गतेदेखि सुरु हुनेछ ।

    कोहलपुर नगरपालिकाको आयोजनामा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई बधाई, स्वागत तथा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले कोहलपुर नगरपालिकाले आफैले थालेको स्वास्थ्य बीमा कार्यक्रम अन्य पालिकाले पनि अनुसरण गर्न आवश्यक रहेको बताए । ‘नगरबासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन कोहलपुर नगरपालिकाले सुरु गरेको बीमा कार्यक्रम अन्य पालिकाहरुमा सायदै लागु भएको होला उनले भने–‘स्वास्थ्य क्षेत्रमा कोहलपुर नगरपालिकाले प्रशंसनीय काम गरेको छ अन्य पालिकाहरुले पनि बीमा कार्यक्रम गर्न आवश्यक छ ।’

     

    उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्ने गरी सरकार लागि परेको उल्लेख गरे । उनले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै सरकारले आवश्यकताका आधारमा क्रमश त्यसलाई पूरा गर्ने गरी लागि परेको पनि बताए ।

     

    कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बीमा कार्यक्रम लागु गरिएको बताए । उनले त्यसक्रममा स्वास्थ्यका विभिन्न ६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि मन्त्री पौडेललाई बुझाए । नगर उप्रमुख संगिता सुवेदीबाट स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

  • २५ श्रावण २०८१, शुक्रबार १८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित