मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गोलकिपर जियारथ नायक बनेपछि नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा
  • मार्गरेखा संवाददाता

  • काठमाडौ भदाै ९ । नेपालले भुटानविरुद्ध ‘पेनाल्टी सुटआउट’मा ४–१ को जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा जियारथले ‘टाइब्रेकर’का दुई प्रहार विफल बनाए ।

    पेनाल्टीमा भुटानका तर्फबाट जेत्सुन दोर्जीले मात्र गोल गरे । भुटानबाट दोस्रो प्रहारका निम्ति जिग्मे नाम्गेल आएका थिए । उनको प्रहारलाई नेपालका गोलकिपर जियारथले विफल बनाए । भुटानबाट तेस्रो प्रहारका लागि युग्येन दोर्जी आएका थिए । उनको प्रहारलाई पनि जियारथले रोके ।

    त्यसअघि, खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । ५६औँ मिनेटमा जेत्सुन दोर्जीले गोल गर्दै घरेलु समर्थकमाझ भुटानलाई अग्रतामा राखेका थिए । तर, ७८औँ मिनेटमा निराजन धामीले गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

    त्यसको एक मिनेटअघि किंग्जाङ तेन्जिनले दोहोरो पहेँलोपछि रातो कार्डको दर्शन गर्दै मैदान छोड्दा भुटान १० खेलाडीमा समेटिएको थियो ।

    नेपालले अब उपाधिका निम्ति भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।

  • ९ भाद्र २०८१, आईतवार १८:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित