मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा बुष्टर डोजका रुपमा फाइजर बाइभ्यालेन्ट खोप खोप लगाउन सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, असोज ४  । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप  लगाउन सुरु गरिएको हो ।

    उहाँले कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य भेरी अस्पतालमा असोज १६ गतेसम्म निरन्तर जारी रहने जनाउँदै सबैले यो अवसरको फाइदा उठाउन आग्रह पनि गर्नुभएको छ । १२ वर्षभन्दा माथिका नागरिकहरुले बुष्टर डोजका रुपमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लामा ३० हजार डोज फाइजर बाइभ्यालेन्ट खोप आएको छ । उहाँले खोप लगाउने लक्षित वर्गको तुलनामा खोपको मात्रा कम भएपनि प्राप्त खोपलाई प्रभावकारी ढङ्गबाट लगाउने गरि योजना बनाइएको बताउँदै कोरोनाका बिरामी अहिलेपनि देखिरहेकाले सचेत रहनुपर्नेमा जोड दिनुभयो।

    कोरोना संक्रमणबाट जोगाउन यो खोप अत्यन्तै प्रभावकारी भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोभिड फोकल पर्सन समेत रहनुभएका सूचना अधिकारी श्रेष्ठले गत आर्थिक वर्षमा जिल्लामा १९ जनामा कोभिड संक्रमण देखिएको जनाउँदै भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामीहरु आइरहेको अस्पतालले जनाएको बताउनुभयो ।

    स्वास्थ्य कार्यालय बाँकेका अनुसार अघिल्लो मात्रा लिएको एक वर्ष पूरा भएका १२ वर्ष उमेर माथिका सबै सेवाग्राहीहरु, अघिल्लो मात्रा लिएको एक वर्ष पूरा भएका सबै दीर्घरोगीहरु र फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई बुस्टर मात्रा लगाइने छ ।

    यसैगरी प्रत्येक गर्भवतीको दोस्रो त्रैमासिक समयमा एक मात्रा र १२ वर्ष माथिको उमेर समूहमा एक मात्रा पनि नपाएकाहरुलाई पहिलो एक मात्रा खोप दिइने छ । बुस्टर र थपमात्रा लिन आउनुहुने सेवाग्राहीहरुले पहिले लिएको कोभिड–१९ खोप कार्ड अनिवार्य रुपमा लिएर खोप केन्द्रमा आउन पनि स्वास्थ्य कार्यालयले सेवाग्राहीसँग आग्रह गरेको छ। उता, कोहलपुर नगरपालिकाले पनि नगर अस्पतालसहित पन्ध्र वटै वडामा खोप लगाउने कार्यक्रम राखेको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताउनुभयो । साभार गाेरखापत्र अनलाइन बाट

  • ४ आश्विन २०८१, शुक्रबार १७:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित