मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा लागुऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, असार १५ ।  जिल्ला प्रहरी कार्यालय बाँकेले  नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर नजिक भारत उत्तर प्रदेश, बहराइच, केवलपुर १३ बस्ने २१ वर्षीय मोहम्द आरिफलाई लागुऔषधसहित पक्राउ गरिएको छ।

    प्रहरीका अनुसार विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त युवकको साथबाट ब्राउन सुगर जस्तो देखिने शङ्कास्पद लागू पदार्थ फेला परेको हो। प्रहरीले पक्राउ गरिएको व्यक्तिको साथबाट १० ग्राम ११० मिलिग्राम तौल भएको लागू औषध बरामद गरेको छ।

    पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पाण्डेले जानकारी दिनुभयो।

     

  • १५ असार २०८२, आईतवार १५:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित