मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजीनामा दिन नमानेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे वनमन्त्रीलाई बर्खास्त
  • मार्गरेखा संवाददाता

  • धनगढी असार १९ ।    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक मन्त्री बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् ।

    सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

    तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले आज पदमुक्त गरेका हुन् ।

    मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह नगरेको, बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको हुँदा चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो ।

  • १९ असार २०८२, बिहीबार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित