मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतले कच्चा पेट्रोलियम पदार्थमा घटायो कर, नेपाल लाभान्वित बन्ला ?
  • मार्गरेखा संवाददाता

  • भारतले आजदेखि लागू हुने गरेर पेट्रोलियमको कच्चा पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । इकोनोमिक टाइम्सका अनुसार आज (सेप्टेम्बर २)देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो ।

    कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ६ भारु लाग्ने जनाइएको छ ।

    वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार आज (शनिबार) देखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्ने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासितरुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो ।

    यससँगै भारत समेत ऊर्जा कम्पनीलाई लाभ कर लगाउने देशको सूचीमा प्रवेश गरेको थियो । भारतले सरकारले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपाल समेत लाभान्वित बन्न सक्ने देखिएको छ । तर, डिजेलमा लाग्ने निर्यात कर बढ्दा भने ठूलो लाभ नमिल्ने देखिन्छ ।

    पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । भारतबाट आउको नयाँ सूचीअनुसार मूल्य समायोजना गर्दै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २३५ रुपैयाँको वृद्धि गरेको छ ।

  • १६ भाद्र २०८०, शनिबार १८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित