बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।१९ भदौ यता सुन र चाँदीको मूल्यमा लगातार गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार १८ भदौमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १३ हजार र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ थियो ।
२१ भदौ अर्थात बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ २० भदौ अर्थात बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४ सय र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँ तोकिएको थियो ।