मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले  क्लिन स्विप अनिल र भिमको सतक
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ, माघ २९ गते । अनिल शाह र भिम सार्कीले सतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले  ‘क्लिन स्विप’ ग।रेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।

    नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेल चार विकेटले विजयी भएको थियो । जितका लागि क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३.३ ओभरमा एक विकेटको क्षतिमा दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

    नेपालका लागि ओपनर अनिल शाह र भिम सार्कीले सानदार सतकीय इनिङस खेल्नुभयो । अनिलको यो एक दिवसीयमा पहिलो अन्तर्राष्ट्रिय सतक हो । भिमको पनि यो खेल जीवनको पहिलो सतक हो । एक सय १२ रन बनाउनुभएका अनिलले एक सय २४ बलमा १२ चौका र दुई छक्का हान्नुभयो ।

    यस्तै एक सय एक रनब नाउनुभएका भिमले एक सय २९ बलमा ११ चौका र एक छक्का हान्नुभयो । अर्का ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुनुभयो । बलिङमा क्यानडाका डिलोन हेलिगरले एक विकेट लिनुभयो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धनिवालले ५० रन बनाउनुभयो । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाउनुभयो ।

  • २९ माघ २०८०, सोमबार १६:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित