मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चार करोड ५९ लाख लागतमा निर्माण हुने इन्डोर,आउटडोर दोस्रो क्रिकेट खेल मैदानकाे मुख्यमन्त्री शर्माले शिल्यान्यास
  • मार्गरेखा संवाददाता

  • सुर्खेत चैत्र ७ । बिरेन्द्र नगरपालिकाको दक्षिण तिरको मैदानमा इन्डोर,आउटडोर दोस्रो क्रिकेट खेल मैदान र देउडा पार्क निर्माणको बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिल्यान्यास गरेका छन् ।

    कर्णाली प्रदेश खेलकुद विकास परिषद मार्फत कार्यन्वयनमा आउने सो आयोजना अभियान कन्स्ट्रक्सन काठमाण्डौले निर्माण जिम्मा लिएको छ ।

    वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो। यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ।

    चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिच निर्माण र इन्डोर क्रिकेट हल निर्माण हुने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए। उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको हो ।

  • ७ चैत्र २०८०, बुधबार १३:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित