काठमाडौ बैशाख ३० । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिवी राईलाई अघिल्लो सरकारले भगाएको भनेर आरोप लगाउने गृहमन्त्रीलाई कि त प्रधानमन्त्रीले बखौस्तगी गर्नुपर्छ कि त प्रधानमन्त्रीले भगाएको नै भए पदबाट तत्काल राजीनामा दिनुपर्छ भनेका छन् ।
अघिल्लो सरकारका कानून मन्त्रीसमेत रहेका नेता गुरुङले सहकारी ठगलाई प्रधानमन्त्री प्रचण्डले नै भगाएका हुन् भने प्रचण्डले पदबाट राजिनामा दिनुपर्छ या त प्रधानमन्त्रीमाथी आरोप लगाउनेलाई बर्खास्त भनेर ट्वीट गर्दै कडा विचार राखेका छन् ।
नेपाली काँग्रेसले सहकारी ठग भएको भन्दै गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको बिषयमा अनुसंधान गर्न संयदीय छानबिन समिति बनाउने माग गर्दै संसद अबरुद्ध गरिरहेको बेला उपसभापति गुरुङले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नयाँ कुरा उठाएका छन्
उनको ट्वीटः
गृहमन्त्री लामिछानेले जिबी राईलाई पहिलेको सरकारले भगाएको भन्ने आरोप लगाएका छन्।
पहिलेको सरकारको प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्थ्यो।
गृहमन्त्री लामिछानेले भने झैं सहकारी ठगलाई प्रधानमन्त्री प्रचण्डले नै भगाएका हुन् भने प्रचण्डले पदबाट राजिनामा दिनुपर्छ या त प्रधानमन्त्रीमाथी आरोप लगाउनेलाई बर्खास्त।