मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड बजेट, अन्य सिंचाइ आयोजनालाई कति ?
  • मार्गरेखा संवाददाता

  • काठमाडौं जेष्ठ १५ । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बाँकेकाे सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गर्नका  सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेको मन्त्री पुनले घोषणा गरे छन ।
     यसै गरि  रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाइ आयोजना सुरु गरिने घोषणा गरेका हुन् ।
    बजेटमा बबई सिंचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ । यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन भएको बजेट भाषणमा भनिएको छ ।

    यस्तै महाकाली सिंचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने मन्त्री पुनले बजेट मार्फत घोषणा गरे । ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिंचाइ सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरेको छ ।

    बजेटमा मध्य तराईको ५ जिल्लामा १ लाख २२ हजार हेक्टरमा सिंचाइको लागि सुनकोशी मरिन डाइभर्सन हेडवक्र्सको लागि ३ अर्ब १२ करोड विनियोजन भएको छ ।

    बागमती सिंचाइ आयोजनाको सिंचाइ प्रणाली पुनस्थापना गरी ४५ हजार ६ सय हेक्टरमा भरपर्दो सिचाई पुर्‍याउने भन्दै ६८ करोड विनियोजन भएको छ । कर्णाली प्रदशेका १० वटै जिल्लाका् एकीकृत कणर्ाली विकास सिचार्य अयोजनाको लागि ८२ करोड रुपैयाँ छुट्टाएको छ ।

    तराई क्षेत्रमा सिँचाइ क्षेत्रमा ४ वटा ५० डीप बोरिङ जडान गरि १५ हजार हेक्टर जमिनमा सिंचाइ विस्तार गरिने यसको लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन भएको मन्त्री पुनले ल्याएको बजेटमा छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार १६:३५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित