नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।
आज अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सिरिजका पाँचमध्ये तीन खेल नेपालले जित्यो ।
अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रुवि पोद्दारले २६, पूजा महतोले २३ तथा रुविना क्षेत्रीले अविजित १५ रन प्रहार गरिन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेर गुमाएर १०३ रन बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् ।