मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ ।

    बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।

    ‘बाढीले कल्पनै गर्न नसकिने क्षति पुर्‍याएको छ । करिब ५ सय गाडी बाढीले बगाएको अनुमान छ’, भन्सार विभागका निर्देशक किशोर बर्तौलाले भने ।

    उनका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन (विद्युतीय तथा अन्य गाडीहरू) पार्किङ गरी राखिएका थिए ।
    भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् ।

    भन्सार कार्यालयमा ३६ स्थायी दरबन्दी रहेकोमा हालसम्म आधा पनि सम्पर्कमा नआएको निर्देशक बर्तौलाले जानकारी दिए  । साभार नेपाल प्रेस बाट

  • १० भाद्र २०८३, बुधबार १३:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित