नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका ५२ जना केन्द्रीय सदस्य संस्थापनपक्षको बैठकमा सहभागी हुने भएका छन् ।
कांग्रेस संस्थापनपक्षले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन् ।
बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा महाधिवेशनको विषयमा छलफल हुँदै छ ।
महालक्ष्मी उपाध्याय डिना, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजीमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार (विक) , सुशीला थिङ बैठकमा सहभागी हुने बुझिएको छ ।
त्यस्तै, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, अनिल रुँगटा, मीनाक्षी झा, कल्पना चौधरी, माया राई, कान्तिका सैजुवाल, सरस्वती अर्याल, हरिशरण नेपाली र कृष्ण यादव पनि बैठकमा सहभागी हुने सूचीमा रहेका छन् । सभार शिलापत्र बाट









