नेपालगन्ज असाेज ११ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार चौधरी (पप्पु) र विरेन्द्रबहादुर शाहबीच प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका १५औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ को नेतृत्वका लागि चौधरी र शाहले प्रतिष्पर्धा गर्ने भएका हुन् । आइतबार दुबै जनाले क्षेत्रीय सभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
चौधरी डुडुवा गाउँपालिकाका अध्यक्ष हुन् भने शाह नेपाल तरुण दल बाँकेका अध्यक्ष हुन् । १४औं महाधिवेशनमा पनि शाहले क्षेत्रीय सभापतिमा प्रतिष्पर्धा गरेका थिए । त्यसबेला उनी रमेशकुमार गुप्तासंग पराजित भएका थिए । क्षेत्र नम्बर २ मा सोमबार निर्वाचन हुनेछ ।









