काठमाडौ असाेज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतले जबरा पक्राउ परेको पुष्टि गरेको छ ।
जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए ।
जबरा १७ पुस २०७५ मा प्रधानन्यायाधीश नियुक्त भएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।









