मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेता कार्यकर्तामा अनुशासन र जबाफदेहिता हराउँदै गएयाे नेपाली काँग्रेस लम्बिनी सभापति अमर पुन
  • मार्गरेखा संवाददाता


  • नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले नेपालगञ्ज उपमहानगरपालिकामा पालिका संवाद गरेका छन् । शुक्रबार  पार्टी कार्यालयमा आयोजित पालिका संवादमा उनले नेता कार्यकर्तासंग साक्षात्कार गरे । सुरुमा बोल्ने चाहने नेता कार्यकर्ताका कुरा ध्यान दिएर सुनेका पुनले अन्तिममा जवाफ दिएका थिए ।

    सभापति पुनले नेतृत्वप्रति सधैं औंला ठड्याउने, आफ्ना कुरा राख्ने, गुनासा सुनाउने तर जवाफ नसुनेर निस्किने प्रबृत्ति रहेको भन्दै ध्यानाकर्षण गराए । उनले आफ्नो वडामा संगठन बनाउनका लागि मेहनतका साथ लाग्न निर्देशन दिए । सभापति पुनले तल्लो तहका नेता कार्यकर्तामा पनि अनुशासन र जबाफदेहिता हराउँदै गएको भन्दै रोष प्रकट गरेका थिए ।

    कांग्रेसलाई मजबुत बनाउन सबैले आपसी तिक्तता त्यागेर पार्टी जीवनका लागि काम गर्नुपर्नेमा उनको जोड छ । केन्द्रिय नेतृत्वले प्रदेश तहमा अधिकार प्रत्योजन गर्नै नचाहने प्रबृत्ति रहेकोमा आफूले निरन्तर आवाज उठाइरहेको बताए । उनले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले चुनावताका घोषणापत्रमा समेटेका विषय के कति कार्यान्वयन भए, पार्टी तहमा समवन्य भएको छ कि छैन, जनताका अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न सकिएको छ कि छैन भन्ने विषयमा आत्ममूल्यांकन गरेर अघि बढ्न आग्रह गरे । सभापति पुनले पालिका स्तरमा नेता कार्यकर्ताका कुरा सुन्न आफूले पालिका संवाद चलाएको स्मरण गराए ।

    त्यसक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि फ्लोरमा उठेका प्रश्नको जवाफ दिएका थिए । आफूले यथाशक्य राम्रो काम गर्न कोशिस गरिरहेको बताउँदै उनले आधारहिन र अनावश्यक टिप्पणी नगर्न आग्रह गरे । पार्टी तहबाट आफूलाई दरिलो साथ हुनुपर्ने उनको भनाई छ । कांग्रेस नगर सभापति समेत रहेका विष्टले आगामी फागुनदेखि आफू वडा तहमा केन्द्रित भएर नेता कार्यकर्ता र जनतासंग साक्षात्कार गर्ने आफ्नो कार्ययोजना सुनाए ।

    फ्लोरबाट बोलेका नेता कार्यकर्ताले तल्लो तहमा विद्यमान तिक्तता, पार्टीको माथिल्लो तहसंग समन्वय अभाव, दण्डित र पुरस्कृत गर्ने प्रबृत्तिको अभाव, कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको, पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग समन्वय हुन नसक्नु लगायतका विषय उठान गरेका थिए । पालिका संवादको उद्देश्यबारे कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषालले प्रष्ट पारेका थिए ।

    नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर सभापति धनराज बर्माको अध्यक्षतामा सम्पन्न पालिका संवादमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ९भोला०, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका प्रदेश समिति सदस्य, जिल्ला पदाधिकारी, क्षेत्रीय समिति पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संगठनका पदाधिकारी लगायतको उपस्थिति थियो । नगर सहसचिव शरदराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।

  • १० कार्तिक २०८१, शनिबार ०७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित