मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टोल टोलमा कांग्रेस अभियान” लाई निरन्तरता दिने निर्णय गर्दै नेपाली कांग्रेस बांके क्षेत्र नं १ बैठक सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ १९  । नेपाली कांग्रेस बांके क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिको पुर्ण बैठक राप्तीसोनारी गांउपालिका वडा नं ६ फत्तेपुर,सिधनवा ( नयां गांउ) मा आज सम्पन्न भएको छ। जनताका माझमा     अत्यन्त प्रभावकारी बन्दै गएको क्षेत्रीय कार्यसमितिको “टोल टोलमा कांग्रेस अभियान” लाई निरन्तरता दिने निर्णय गर्दै सम्पन्न भएको पुर्ण बैठकमा अहिले सम्म क्षेत्रीय कार्यसमितिले सम्पादन गरेका कार्य प्रगतिहरूका सम्बन्धमा सांगठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।दुबै प्रतिबेदन माथी छलफल गर्दै बैठकले क्षेत्रीय कार्यसमितिको आगामी कार्यदिशाका सम्बन्धमा ९ वटा बिभिन्न समसामयिक तथा राजनैतिक प्रस्ताव पनि पारीत गरेको कुरा नेपाली काँग्रेस बाँके क्षेत्र १ अध्यक्ष पाेषण के सीले जनाएका छन  ।   नेपाली काँग्रेस बाँके क्षेत्र १ अध्यक्ष पाेषण के सीकाे अध्यक्षतामा भएकाे बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यहरू,महासमिति सदस्यहरू,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू,महाधिबेशन प्रतिनिधिहरू ,प्रदेश तथा पालिका सभापतिहरू,क्षेत्रीय कार्यसमितिकाे सहभागी रहेकाे थियाे

  • १९ माघ २०८१, शनिबार २०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित