मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टल भन्दा बढी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टल भन्दा बढी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध कारोबारमा संलग्न तीन जना युवालाई एक क्विन्टल ११ किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार डुडुवा–४ मा छापा मार्दा तीन जना फक्राउ परेका हुन्।

    नेपालगन्ज उपमहानगरपालिका–१४ बस्ने १८ वर्षीय विनय सोनी, वडा नम्बर २२ बस्ने १८ वर्षीय आदर्श साहनी र वडा नम्बर ६ फुलटेक्रा बस्ने २२ वर्षीय दिपेस चौरासिया पक्राउ परेको उहाँको भनाइ छ।

    उहाँले बाँकेको डुुडुवा ४ लालापुर्वास्थित भगिरथ खटिकको घरबाट सय किलो र राधे खटिकको घरबाट ११ किलो गरेर १११ किलो गाँजासहित कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनुभयो।

    डिएसपी पातलीका अनसाि।  गाँजासहित पक्राउ परेका निकै कम उमेरका युवा रहेकोले सो कारोबारमा संलग्न अन्य मुख्य नाइकेको खोजी भइरहेको बताउनुभयो

  • ६ जेष्ठ २०८२, मंगलवार १५:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित