दाङ देउखुरी, असार १३ । लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन लिएकाे घोषणा गरेकी छन्। उनले लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णयसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएकी हुन्।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइने समर्थन फिर्ता लिएको उल्लेख गरिएको उक्त पत्रमा, उनी जनमत समाजवादी पार्टी नेपालकी प्रदेशसभा सदस्यको हैसियतमा समर्थन फिर्ता लिएको स्पष्ट उल्लेख छ।
पत्रमा उल्लेख गरिएअनुसार, “प्रदेश सरकारको नेतृत्वमा रहेका केन्द्रीय प्रशासनका गतिविधिहरूले हाम्रो पार्टीको नीतिसिद्धान्त विपरीत कार्य गरिरहेको हुँदा समर्थन फिर्ता लिने निर्णय गरिएको हो।”
अम्बिका काफ्लेले उक्त पत्रमा हस्ताक्षर गर्दै सो निर्णयमा दृढ रहेको जानकारी दिएकी छन्। उनको यो कदमसँगै लुम्बिनी प्रदेशको सत्ता सन्तुलनमा महत्वपूर्ण प्रभाव पर्ने अनुमान गरिएको छ।