सिमरा भाद्र ३० । नेकपा एमालेका अध्यक्ष एव् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले मधेसको लागि जनताको काम गर्न हर्दम तयार रहेको बताए। उनले भने, ुजनतालाई झुक्याएर राजनीति गर्ने पक्षमा एमाले छैन। काम गरेर जनतालाई खुशी राख्ने तर्फ एमाले ध्यान केन्द्रित छ।ु
स्थानिय तहमा पनि एमाले सरकार जस्तै काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन्। जीतपुरसिमरा उप(महानगरपालिकाको सिमरामा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा नेता ओलीले जनताको लागि काम गर्ने नेतृत्व स्थानीय तहमा पुग्नुपर्ने र त्यस्ता व्यक्ति एमालेमा मात्रै रहेको बताए। एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै नेता ओलीले आफ्नो पार्टीले कसैप्रति विभेद गर्ने नभई सबैलाई समान व्यवहार गर्ने बताए। एमालेको नीति राष्ट्रिय एकताको पक्षमा रहेको ओलीको भनाई थियो।
नेता ओलीले भने, ुएमालेको पक्षमा मतदान गरेर आफ्नो नगर, गाउँ र वडालाई समृद्ध बनाउने अभियानमा सहभागी हुन आग्रह गर्दछु। एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेले मधेसका लागि केही पनि काम गरेको छैन।ु
एमाले सरकारको पालामा धेरै काम भएको भन्दै ओलीले जनतालाई झुक्याएर राजनिति गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे। ओलीले भने ुएमालेले काम गर्छ, एमाले सरकारको पालामा धेरै काम भएको छ, जुन जनताले देखिसकेका छन्।ु
सभामा नेता ओलीले उपमहानगरपालिकाका मेयर उम्मेदवार डा। कृष्ण पौडेल र उपमेयर सरस्वती चौधरीलाई माला लगाएर विजयको शुभकामना दिएका थिए।