सुर्खेत,३० कात्तिक ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले नेपाली काँग्रेस संविधान लिएर जनताको घरदैलोमा आएको बताउदैद देशको समृद्धि बिकाशका लागी निर्वाचनमा काँग्रेसलाई बिजय बनाउन आग्रह गरेका छन ।
सुर्खेत अवलचिङ र मटेलामा भएको छुट्टाछुट्टै कार्यक्रमलाइ सम्बोधन गर्दै खड्काले
२०६४ अघि र २०७० पछि नेपाली काँग्रेसको नेतृत्वमा सुर्खेतको पूर्वी क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै विकास निर्माणको निरन्तरताका लागि पनि काँग्रेसलाइ विजयी गराउन उहाँले मतदातासंग अपील गर्नुभयो ।
उहाँले जनमतको कदर गर्दै नेपाल िकांग्रेसले २०७२ मा संविधान दिएको र अबको एजेण्डा विकास निर्माण भएकोले त्यसलाई पूरा गर्न नेपाली कांग्रेसलाई मत दिन पनि आग्रह गर्नुभयो ।
यसैबीच, मटेलामा भएको कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
अवलचिङ्गमा भएको चुनावी कार्यक्रम साविकको अवलचिङ्ग गाविसका काँग्रेस सभापति करसिं रानाको सभापतित्वमा भएको थियो भने मटेलाको कार्यक्रमसाविकको मटेला गािवसका काँग्रेस सभापति बिरबहादुर जिसीको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण कोइराला, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दलगायतले आगामी निर्वाचनमा विकासको निरन्तरता दिने पार्टी काँग्रेसलाइ मतदान गर्न मतदातासंग अपील गर्नुभयो ।