मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एक भगवत् गीता’ सम्बन्धी विवाद मिल्याे नाम परिवर्तन हुने
  • मार्गरेखा संवाददाता

  • झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ सम्बन्धी विवाद मिलेको छ । निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच आइतबार चलचित्र विकास बोर्डमा भएको सहमतिसँगै विवाद मिलेको हो ।

    फिल्मको नाम ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ राख्ने र कथा सामाजिक राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ । सहमतिसँगै फिल्मले सेन्सरका लागि सिफारिस समेत आजै पाउनेछ ।

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का, कलाकार दीपकराज गिरी लगायतको उपस्थितिमा बोर्डमा धार्मिक सङ्घसंस्था निर्माण युनिटबीच सहमति भएको हो । विवाद मिलेपछि फिल्म २९ भदौबाट प्रदर्शन हुने पक्का भएको छ ।

    केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘ एक भगवत् गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग सहित फिल्म विरुद्ध बोर्डमा निवेदन दिएका थिए । धार्मिक संघ संस्थाको विरोधले बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।

    फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय छ । फिल्मले भगवत् र गीता नाम गरेका २ पात्रको कथा भन्छ । फिल्ममा विपिनलाई तेश्रो लिङ्गीको भूमिकामा देखाइएको छ ।

  • २४ भाद्र २०८०, आईतवार १५:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित