नेपालगन्ज माघ १८ । जिल्ला प्रहरी बाँकेले लागुऔषध (ब्राउन सुगर) सहित २ जनालाई शुक्रबार पक्राउ गरेकाे छ ।
लागू औषध नियन्त्रण ब्युरो नेपालगंज बाँके र इ.प्र.का. जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगंज उ.म.न.पा. १५ जमुनाहमा भारतबाट नेपाल तर्फ संगै आईरहेका जिल्ला सुर्खेत लेखवेशी न.पा.१ राटामाटा बस्ने बर्ष ३० को भक्तराज थापा र जिल्ला दैलेख भगवतीमाई गा.पा.३ बस्ने बर्ष २८ को हिमाल खड्का लाई शंका लागि चेकजाँच गरेपछि निज भक्तराज थापाले लगाएको दाहिने खुट्टाको जुत्ता भित्र लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ११ ग्राम ४७० मिलि ग्राम फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी बाँकेले जनाएकाे छ ।