मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप
  • मार्गरेखा संवाददाता

  • कर्णाली डेभलपमेन्ट बैंकको रकम अपचलनको आरोपमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

    बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

    सीआईबीका एसएसपी होबिन्द्र बोगटीका अनुसार अध्यक्ष रायलाई नेपाल–भारत सिमानाको बेलहिया नाकाबाट पक्राउ गरिएको हो ।

    रायलाई म्याद थपका लागि बाँके पठाउन थालिएको एसएसपी बोगटीले बताए । २०६० सालमा बाँकेमा खुलेको कर्णाली डेभलपमेन्ट बैंकमा राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रूपमा कार्यरत थिए ।

    रायमाथि बैंकको २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । आफूविरुद्ध बैंकको रकम अपचलनको अनुसन्धान अघि बढेपछि राय फरार भएका थिए ।

  • १८ जेष्ठ २०८२, आईतवार १४:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित